मकवानपुरमा पछिल्लो २४ घण्टामा ३ संक्रमितको मृत्यु
मकवानपुरमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत ३ २ पुरुष र १ महिलाको मृत्यु भएको हो । आइतबार अपरान्ह र गएराती गरी ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
गएराती ९ बजे सर्लाही इश्वरपुर नगरपालिका वडा नम्बर–४ का९२ बर्षीय एक बृद्धको मृत्यु भएको हो ।
यस्तै आइतबार साँझ ६ बजे हेटौंडा–१९ नेवारपानीका ६० बर्षका अर्का एक पुरुषको र अपरान्ह ४ बजे मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ देबिडाँडाकी ६४ बर्षी महिला र मृत्यु भएको डाक्टर काफ्लेले जानकारी दिनुभयो । योसंगै कोरोना संक्रमणका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या ९२ पुगेको छ ।