हेटौंडा ६ कोभिड रेस्पोन्स टिमद्वारा प्रहरीलाई मास्क, संक्रमितलाई पौष्टिक आहार सहयोग
कोभिड न्यूनिकरण र संक्रमितको सहयात्री बन्न सफल हेटौंडा(६ मा रहेको कोभिड रेस्पोन्स टिमले आफ्नो सकृयतालाई निरन्तर दिदै आज पनि स्वास्थ्य सामाग्री र पौष्टिक आहार वितरण गरेको छ।
रेस्पोन्स टिमले हेटौंडा-६ मा रहेको प्रहरी चौकी चौघडालाई स्वास्थ्य सामाग्री,कोरोना संक्रमितलाई पौष्टिक खानेकुरा,अक्सिजन सिलिन्डर र खाद्य साम्रागी वितरण गरेको छ। रेस्पोन्स टिमले चौघडामा रहेको प्रहरी चौकीलाई १५ थान फेस सिल्ड ,१५ थान सेनिटाइजर सहयोग गरेको छ।
त्यसैगरी रेस्पोन्स टिमले नियमित झै आजपनि हेटौंडा(६ र १७ मा कोरोना पुष्टि भई होम आइसोलेशन रहेको बिरामीलाई परामर्श प्रदान गर्नुका साथै पौष्टिक खानेकुरा,मास्क,सेनिटाइजर वितरण गरेको छ।
त्यस्तै टिमले कोरोनाको उपचार गराइरहेका २ जना कोरोना संक्रमितलाई अक्सिजन सहितको सिलिन्डर प्रदान गरेको रेस्पोन्स टिमका सदस्य उदय विडारीले बताए।यता हेटौंडा(६ निवासी पुष्पराज पराजुलीले सहयोग गरेको १ क्विन्टल चामल र हेटौंडा(६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले दिएको भिटामिन तथा रेस्पोन्स टिमलाई सहयोगि हातहरूले सहयोग गरेको स्वास्थ सामाग्री,खाद्यान्न हेल्प डेस्कमा संकलन गरिएको रेस्पोन्स टिमका सदस्य पुर्ण भद्र चौलागाईंले जानकारी दिएका छन।
खाद्यान्न,पौष्टिक खानेकुरा हस्तान्तरण तथा परामर्श कार्यक्रममा हेटौंडा ६ का वडासदस्य राजकुमार बास्तोला, टिमका सह(संयोजक भरत सापकोटा,राहत तथा आर्थिक उपसमितिका सहसंयोजक देवराज गौतम,कार्यदलका सदस्य पवन दुलाल, सुन्दर आचार्य, भीमसेन पौडेल,केशब धिताल,सबिना दुलाल लगायतको सहभागिता रहेको थियो।