मकवानपुरमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु
मकवानपुरमा थप २ जना कोरोना संक्रमित महिलाको मृतयु भएको छ ।
संक्रमणका कारण थाहानगरपालिका वडा नम्बर–२ की एक महिला र मनहरी गाउँपालिका वडा नम्बर–७ की ७७ वर्षीया अर्की महिलाको मृत्यु भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
ती महिलाको उपचाररका क्रममा शनिबार राती मृत्यु भएको हो । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८९ पुगेको छ ।