मकवानपुर कुखुरा व्यवसायी संघले सबै आईसोलेसनलाई एक महिनासम्म मासु र अण्डा उपलब्ध गराउने
मकवानपुर कुखुरा व्यवसायी संघले मकवानपुरमा रहेका सबै आईसोलेशनमा रहेका संक्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन सुरु गरेको छ ।
बिश्वब्यापी फैलिएको दोस्रो चरणको कोरोना भाइरस संक्रमणका कारण आईसोलेशनमा रहेका संक्रमितहरुलाई पोषणतत्वको परिपुर्तिको लागि प्रती ब्यक्ति दैनिक २ ओटा अण्डा र हरेक हप्ताको शनिबार र बुधबार मासु र उपलब्ध गराउने मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष गोकुलनाथ पौडेलले बताउनु भयो ।
पहिलो चरणको कोरोना संक्रमणको बेलामा पनि सबै आईसोलेशनमा एक महिनासम्म दैनिक अण्डा र हप्तामा २ दिन मासु उपलब्ध गराएको संघले दोस्रो चरणको संक्रमणमा पनि सो कार्यलाई निरन्तरता दिएको हो ।
जस अन्तर्गत आज शनिबार मकवानपुर कुखुरा व्यवसायी संघको अध्यक्ष गोकुलनाथ पौडेल, निवर्तमान अध्यक्ष राजु अधिकारी, वरिष्ठ उपाध्यक्ष जयराम अर्यल, कोषाध्यक्ष ऋषि राम दुलाल, महासचिव श्याम सुन्दर परियार, हेटौंडा ६ का वडाध्यक्ष अर्जुन चौलागाईं, निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठ लगायतको उपस्थितिमा गौरिटार आईसोलेशनलाई ४२ क्रेट अण्डा र ७ किलो मासु उपलब्ध गराएको छ । मासु र अण्डा एकैचोटि ल्याउँदा बिग्रने भएकोले आवश्यकता अनुसार उपलब्ध गराउने संघले जनाएको छ ।