मकवानपुरमा कोरोना संक्रमितको संख्या घट्दै, शनिबार ४५ जना संक्रमित थपिए

छहारी संवाददाता
जेष्ठ १५, २०७८

मकवानपुरमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।

पछिल्लो २४ घण्टामा ४५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ३१ जनाको पीसीआर परिक्षण गर्दा ३० जना र २१६ जनाको एन्टीजेन परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिवार पुष्टि भएका संक्रमित मध्ये सबै भन्दा बढी ३३ जना हेटौंडा उपमहानगरपालिकाका छन् । योसंगै मकवानपुरमा हालसम्म २७ हजार २१ जनाको स्वाब परिक्षण गर्दा ८ हजार ४ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएसंगै मकवानपुरमा मृत्यु हुने संक्रमितको संख्या ८७ पुगेको छ । मृतक मध्ये ६८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यस्तै थाहा नगरपनलिकाका ६ जना, मनहरी गाउँपालिकाका ५ जना, भिमफेदी र बकैया गाउँपालिकाको ३र३ जना र मकवानपुरगढी र बागमती गाउँपालिकाका १र१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*