मकवानपुरमा शनिबार बिहान अर्का एक संक्रमितको मृत्यु, मृतकको संख्या ८७ पुग्यो
मकवानपुरमा कोरोना संक्रमणका कारण शनिबार बिहान अर्का एक पुरुषको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा ८ कमानेका ९६ बर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
ती पुरुषलाई जेठ १० गते कोरोना पोजेटिभ देखिएपछि हेटौंडा अस्पतालको आइसियु कक्षमा भर्ना गरिएको थियो। योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७ पुगेको अस्पतालले जनाएको छ ।