हेटौंडामा होम आइसोलेसनका संक्रमित लापरवाही गर्दै हिडेको गुनासोपछि प्रशासन र जनप्रतिनिधिबाट निगरानी

छहारी संवाददाता
जेष्ठ १५, २०७८

हेटौंडा उपमहानगरपालिकाका कोरोना संक्रमित बिरामीहरुले लापरवाही गरी हिड्डुल गरेको पाइएपछि स्थानीय प्रशासन र जनप्रतिनिधिहरु निगरानीमा निस्किएका छन् ।

होम आइसोलेसनमा रहेका संक्रकितहरु घरबाहिर निस्कने, बजार सामान खरिदका लागि जाने, व्यापार गर्ने जस्ता समस्या बढ्न थालेपछी स्थानीय प्रशासन र जनप्रतिनिधि टोल टोलमा पुगेर संक्रमितलाई घरमै बस्नका लागि आग्रह गरेका हुन् । हेटौंडाको वडा नम्बर–४, ५, ९ र ११ का टोलटोलमा पुगेर कोरोना संक्रमित सहित स्थानीय वासिन्दाहरुलाई घरमै बस्न आग्रह गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो ।

कोरोना संक्रमणको विषयमा स्थनजिय र संक्रमीतहरुलाई चेतना जगाउन पनि अनुगमन गरिएको मेयर महतले बताउनुभयो । मेयर महत, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सौमेन्द्र सिंह राठोर, वडा अध्यक्षहरु लगाएतकाको सहभागितामा अनुगमन गरिएको हो ।

हाल मकवानपुर जिल्लाभर होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या २ हजार ३ सय १० रहेको छ । यी मध्ये हेटौं उपमहानगरपालिकामा मात्रै १ हजार ४ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*