मकवानपुरमा थप २ कोरोना संक्रमित पुरुषको मृत्यु
मकवानपुरमा कोरोना संक्रमण काराण थप २ जना पुरुषको मृत्यु भएको छ ।
मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत २ संक्रमित पुरुषको गएराती मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । गएराती उपचारका क्रममा हेटौंडा १ चौकीटोल निवासी ७६ बर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै रौतहट चन्द्रनिहापुर नगरपालिका वडा नम्बर ४ का ५३ वर्षका पुरुषको पनि गएराती उपचारकै क्रममा मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो । दुबैजनाको आइसीयु र एचडीयुमा उपचार भइरहेको थियो । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८७ पुगेको अस्पतालले जनाएको छ ।