देशभरी जस्तै मकवानपुरमा पनि कोरोना संक्रमित थपिने भन्दा निको हुने बढी
मकवानपुरमा शुक्रबार २०२ जना कोरोना संक्रसमत थपिँदा थप २ २० जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट १४८ जना र एन्टीजेन परिक्षणबाट ५४ जना गरी २०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । परिक्षण गरिएका मध्ये सबै भन्दा धेरै ११९ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् ।
यसैबीच मकवानपुरमा संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको छ । २४ घण्टामा थप २२० जनाले कोरोना जितेको कार्यालयले जनाएको छ । होम आइसोलेसनका २१२ र आइसालेसनका ८ जना गरि थप २२० जना कोरोना मुक्त भएका हुन् । कोरोना मुक्त हुने सबैभन्दा बढी १७६ जना हेटौंडा उपमहानगरपालिका भित्रका छन् ।
यस्तै थाहा नगरपालिकाका १३ जना, मनहरी गाउँपालिकाका १६ जना, भीमफेदी गाउँपालिकाका ५ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, बकैया गाउँपालिकाका ३ जना, ईन्द्रसरोबर गाउँपालिकाका २ जना र बागमती गाउँपालिकाका एक जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसंगै मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या ५ हजार ८ सय ९३ जना पुगेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएसंगै मकवानपुरमा मृतकको संख्या ८५ पुगेको कार्यालयले जनाएको छ ।