भारतमा कोरोना संक्रमित थपिने भन्दा निको हुने धेरै

छहारी संवाददाता
जेष्ठ १४, २०७८

भारतमा कोरोना भाइरसको संक्रमण घटेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएको ४४ दिनपछि नयाँ संक्रमितको संख्या घट्न थालेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८६ हजार ३ सय ६४ जना नयाँ बिरामी थपिएका छन् भने यही अवधिमा २ लाख ५९ हजार ४ सय ५९ जना कोरोना मुक्त भएका छन् ।

यस्तै २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमितको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय संक्रमितको संख्या २३ लाख ४३ हजार रहेको छ । भारतमा अहिलेसम्म २ करोड ७५ लाख ५५ हजार ४ सय ५७ जना संक्रमित भएका छन् भने ३१ लाख ८ हजार ८ सय ९५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*