पिसिआर ल्याब थप्न बागमती प्रदेश सरकारद्वारा टेन्डर आह्वान

छहारी संवाददाता
जेष्ठ १३, २०७८

पिसिआर परिक्षणको दायरा बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले पीसीआर मेसिन लगायत स्वास्थ्य सामग्रीहरुको लागि टेन्डर आह्वान गरेको छ ।

बिहिबार सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले सुचना प्रकाशित गर्दै एक महिनाको समयसिमा राखीे टेन्डरको आह्वान गरेको हो । प्रदेशका सबै जिल्लामा पीसीआर ल्याब स्थापना गर्ने निर्णय अनुरुप काम अघि बढाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २ चरणमा गरि सबै जिल्लामा पिसिआर ल्याब स्थापना गर्ने गरि काम गरिरहेको छ । पहिलो चरणमा ४ वटा जिल्लामा पिसिआर ल्याबहरु स्थापना गर्ने मन्त्रालयले जनाएको छ । हाल बागमती प्रदेश सरकार मातहतका ६ वटा पिसिआर ल्याब सञ्चालनमा रहेका छन्  ।

जसमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल र चरिकोट अस्पतालमा पिसिआर परिक्षण सञ्चालन हुँदै आएको छ । यसअघि कोभिड महामारीलाई न्युनीकरण गर्ने उद्दश्यले मन्त्रालयले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न एक हप्ता समयसिमा राखेर मंगलबार टेण्डर आह्वान समेत गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*