कोरोना संक्रमणका कारण मनहरी गाउँपालिकामा एक महिलाको मृत्यु

छहारी संवाददाता
जेष्ठ १३, २०७८

मकवानपुरको मनहरी गाउँपालिकामा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नंबर ७ की ५० वर्षीया महिला रहेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । केहि दिन स्वास्थ्यमा समस्या भएपछि उहाँलाई उपचारको लागि चितवन लगिएको थियो ।

ती महिलाक बुधबार हिजो कोरोना पुष्टि भएको बताउँदै अध्यक्ष उप्रेती भन्नुभयो– ‘हिजो नै अस्पतालले रिफर गरेर घर पठाएछ । अक्सिजन समेत आवश्यक पर्ने भएपछि हामीले राति नै गाउँपालिकाको आइसोलेसन ल्याएर राखेका थियौ तर बिहिबार बिहान ५ बजे दुःखद निधन भयो ।’

मृतक महिला विगत २ वर्ष देखि घाँटी टन्सिल रोगबाट पीडित हुनुहुन्थ्यो। योसंगै मनहरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*