हेटौंडा अस्पतालका कोरोना संक्रमित र स्वास्थ्यकर्मीका लागि बिहिबारदेखि दैनिक ३० लिटर दुध सहयोग
मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामी र उनीहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि बिहिबारदेखि दैनिक ३० लिटरका दरले दुध सहयोग गरिएको छ ।
पालुङ बहुउदेस्य सहकारी संस्था लिमीटेडले अस्पतालमा बिरामी, स्वास्थ्यकर्मी र यहाँ खटिने कर्मचारीका लागि ३० लिटर दुध सहयोग गरेको सहकारीका संस्थापक सदस्य प्रताप विष्टले बताउनुभयो ।
संक्रमित बिरामी र स्वास्थ्यकर्मीलाई बिहान दुध खानका लागि सहज होस भन्ने उदेस्यले सहयोग गरिएको हो । सहकारीले एक महिना सम्म दुध उपलब्ध गराउने भएको सदस्य विष्ठले बताउनुभयो ।