बागमती गाउँपालिकामा २० शैयाको आईशोलेशन स्थापना

अर्जुन संजेल
जेष्ठ १२, २०७८

मकवानपुको बागमती गाउँपालिकाले अक्सिजन सहित २० शैयाको आईशोलेशन वार्ड स्थापना गरिएको छ ।

गाउँपालिकामा रोगका लक्षण देखिएका र कन्ट्याक्ट ट्रेसिङका आधारमा कोभिड संक्रमण भए नभएको जाँच गराउने अभियानमा रहेको गाउँपालिका अध्यक्ष सर्केश घलानले बताउनुभएको छ ।

दैनिक रुपमा वडावडामा पुगेका अध्यक्ष घलानले संक्रमणकालिन घडिमा सम्पूर्णलाई संयमित रहन आग्रह गर्दै सबैले कोरोनाबाट बच्ने उपायहरु अपनाउको लागि अनुरोध समेत गर्नु भएको छ ।

कोरोना भाईरसको नयाँ भेरियन्टका संक्रमित दिनानुदिन बृद्धि हुँदै गएपछी आईशोलेशन निमार्ण गरिएको हो ।
गाउँपालिको नजिक रहेको क्याटर भवनलाई आईशोलेशनमा परिणत गरेको गाउँपालिकाका स्वास्थ्य प्रमुख दिनेश गुप्ताले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*