नेपाल जेसीजद्वारा हेटौंडा अस्पताललाई १०१ सिलिण्डर अक्सिजन सहयोग
नेपाल जेसीजले हेटौंडा अस्पताललाई १०१ सिलिण्डर अक्सिजन सहयोग गरेको छ । जेसीआई हेटौंडा लेडीको पहलमा नेपाल जेसीजमार्फत बुधबार अक्सिजन सहयोग गरिएको हो ।
हेटौंडा अस्पतालमा कोभिड–१९ का विरामीको उपचारका लागि आवश्यक अक्सिजन नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईंलाई हस्तान्तरण गरेका थिए ।
अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, कानूनी सल्लाहकार गोकुल सापकोटा, तालिम संयोजक मनिष श्रेष्ठ, जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेत, जेसीआई नारायणगढका अध्यक्ष बासुदेव दवाडी, हेटौंडा लेडी जेसीसका अध्यक्ष प्रतिमा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।