नयाँ संक्रमित भन्दा संक्रमण मुक्त हुने धेरै
लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा धेरै संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर टेष्ट गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन टेष्टमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४९३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंमा ११३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना छन् । यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ । अनलाइन खबरबाट ।