मकवानपुरमा मंगलबार ४ जना कोरोना संक्रमितको मृत्यु
मकवानपुर जिल्लामा पछील्लो २४ घण्टामा चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मकवानपुरमा कोरोना संक्रमित जित्नेको संख्या बढ्दै गएपनि मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ ।
जिल्लामा थप ४ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत ३ जना महिला र एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका–१४ को वर्ष ६० को पुरुषको विहान ४ बजेर ३५ मिनेटमा मृत्यु भएको छ । त्यस्तै हेटौंडा–९ की वर्ष ५२ को महिलाको विहान ९ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
त्यस्तै हेटौंडा–५ की बर्ष ६५ को महिलाको ११ बजेर २० मिनेटमा मृत्यु भएको छ । त्यस्तै भीमफेदी गाँउपालिका–७ की वर्ष ८६ को महिलाको विहान १० बजेर ४५ मिनेटमा मृत्यु भएको हेटौंडा अस्पताले जनाएको छ । यससंगै मकवानपुरमा कोरोनाबाट मृतयु हुनेको संख्या ८३ जना पुगेकोस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।