मकवानपुरमा जेठ २० गते सम्म निषेधाज्ञा थपियो

छहारी संवाददाता
जेष्ठ १२, २०७८

मकवानपुर जिल्लाभर यही जेठ २० गते सम्मका लागि निषेधाज्ञा थपीएको छ । मकवानपुर प्रशासनले कोरोना नियन्त्रणका लागि जेठ २० गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना महामारी नियन्त्रणको लागि गत बैशाख १९ गते रातीबाट लागु भएको निषेधज्ञाको समय दोश्रो पटक थपिएको हो ।

जेठ१३ सम्म रहेको निषेधज्ञा सोहिदिनबाट जेठ २० सम्म थप हुने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताउनुभयो । बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न दिने, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

हेटौडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रको हकमा भने औषधी, कृषि बीउबीजन तथा मल तथा भेटनरी पसल मात्र संचालन गर्न दिइने निर्णय गरेको छ ।

हेटौंडाको मुख्य बजारको उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पाडाँडाभित्रका खाद्यान्न तथा तरकारी, दूध लगायतका दैनिक उपभोग्य बस्तुहरु विक्रि गर्नका लागि सम्बन्धित सहकारी वा संघ संस्थाहरूमार्फत स्वास्थ्यका मापदण्ड अपनाएर मोबाईल भ्यानमार्फत् टोल–टोलमा पु¥याउन दिइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*