बागमती प्रदेश मातहतका सात जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्न बोलपत्र आह्वान

छहारी संवाददाता
जेष्ठ ११, २०७८

बागमती प्रदेश मातहतका सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न लागिएको छ । त्यसका लािग बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाले बोलपत्र आह्वान गरेको छ ।

करिव ८ करोड ५० लाख रुपैयाँ लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरिएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो ।

प्रदेश अन्तर्गत रामेछाप जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, काठमाण्डौंको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र अह्वान गरिएको उहाँले बताउनुभयो ।

प्रत्येक अस्पतालमा एक दिनमा १५० सिलिण्डरका दरले अक्सिजन उत्पादन गर्नेगरी करिव डेढ महिनामा प्लान्ट जडान गर्ने लक्ष राखिएको अधिकारीले जानकारी दिनुभयो । अहिले कोरोना संक्रमित बिरामीका लागि अक्सिजन नहुँदा चारैतिर हाहाकार चलिरहेको छ ।

अक्सिजन अभावकै कारण केही बिरामीको मृत्यु समेत भएकाले तत्काल प्लान्ट जडानका लागि बोलपत्र आह्वान गरिएको अधिकारीले बताउनुभयो । हेटौंडा अस्पताल र भक्तपुर अस्पतालमा ठुलो अक्सिजन प्लान्ट संघीय सरकारले जडानगर्ने भएको छ । यसैगरी सिन्धुली र त्रिसुली अस्पतालमा पहिले देखिनै प्लान्ट भने चरिकोट अस्पतालमा संघीय सरकारले प्लान्ट राखिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*