मकवानपुरमा सोमबार थप २ संक्रमितको मृत्यु
छहारी संवाददाता
जेष्ठ १०, २०७८
मकवानपुरमा कोरोना संक्रमणबाट सोमबार थप २ जनाको मृत्यु भएको हो ।
हेटौंडा अस्पतालको कोविड कक्षमा उपचारका क्रममा २ संक्रमितको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । मृत्यु हुनेमा हेटौंडा–१३ की ६१ वर्षीया महिला र थाहा–३ का ७५ वर्षीय पुरुष रहेका छन् ।