भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो
भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्यु भएको हो । सो अवधिमा कोरोनाका २ लाख २२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने २७ लाख २० हजारमा झरेको छ ।
भारतमा पछिल्लो केही समययता निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ । तर, मृत्युदर भने अझै पनि घटेको छैन । अनलाइन खबरबाट ।