अनेमसंघ मकवानपुरद्धारा हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सहितको सिलिण्डर सहयोग

छहारी संवाददाता
जेष्ठ १०, २०७८

एमाले निकट अखिल नेपाल महिला संघ मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई सोमबार ५० थान अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ ।

बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवम् हेटौंडा अस्पताल सञ्चालन, ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गर्नु भएको हो ।

अस्पतालमा उपचारत कोरोनाका बिरामीको उपचारमा अक्सिजनको कमी नहोस् भन्ने उदेश्यले अक्सिजन सहयोग गरिएको अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, अनेमसंघ संघ हेटौंडा नगर अध्यक्ष रञ्जिता सिलवाल, भुमि सम्बन्धी समस्या समाधान आयोगकी सदस्य प्रतिमा श्रेष्ठ लगाएत स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*