उपमहानगरपालिको पहलमा हेटौंडा अस्पतालमा स्थापना भएको अक्सिजन प्लान्टबाट आजैदेखि उत्पदान सुरु

छहारी संवाददाता
जेष्ठ ९, २०७८

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा स्थापना गरीएको अक्सिजन प्लाज्टबाट आजै देखि उत्पादन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले अक्सिजन प्लान्ट आइतबार आज उद्घाटन गरेसंगै उत्पादन पनि सुरु गरिएको छ ।

अस्पतालमा एक साता अघि अक्सिजनको अभावले कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछी उपमहानगरपालिकाले अस्पतालमै प्लान्ट स्थापना गरिएको मेयर महतले बताउनुभयो । काठमाण्डौं लैजानका लागि रक्सौल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो ।

हेटौंडाका व्यावसायी दिपक खनालले काठमाण्डौ लैजान भारतबाट ल्याएको अक्सिजन प्लान्ट उपमहानगरपालिकाले खरिद गरेको हो । अक्सिजन प्लान्ट ल्याउने व्यावसायीको खरिद मुल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने गरी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको मेयर महतले बताउनुभयो ।

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ शिलीण्डर अक्सिजन उत्पादन हुनेछ । अहिले हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमणका बिरामीको उपचार भइरहेको छ । सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभयो ।

अक्सिजन प्लान्ट निर्माण भएपछी अब बिरनमीको उपचारमा धेरै सहज हुने उहाँको विश्वास छ । यसअघि अक्सिजनको हाहाकार हुँदा सबैको सहयोगबाट सिलिन्डर आएको र अब अस्पतालमा सधैका लागि अक्सिजन प्लान्ट स्थापना भएपछी धेरै सहज हुने उहाँले बताउनुभयो । अरुबेलामा पनि बिरामीलाई अक्सिजन खरिद गर्नुपर्ने बाध्यता केही कम भएको छ । उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्ने काम दिनहुँ गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*