मकवानपुरमा कोरोना संक्रमणबाट आइतबार थप ३ संक्रमितको मृत्यु

छहारी संवाददाता
जेष्ठ ९, २०७८

मकवानपुरमा कोरोना संक्रमणबाट आइतबार थप ३ संक्रमितको मृत्यु भएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा २ पुरुष र १ महिला संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा हेटौंडा १५ का ४३ बर्षीय एक पुरुष, हेटौंडा ५ का ८५ बर्षीय एक पुरुष र हेटौडा ४ थाहाचोककी ६० बर्षीया एक महिला रहेको काफ्लेले जानकारी दिनुभयो ।

मृत्यु हुने सबैलाई जेठ १ गते यता कोरोना पुष्टि भएका बिरामी रहेको र उनिहरुलाई स्वासप्रस्वासको समस्या देखिएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*