राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा एक पक्राउ

छहारी संवाददाता
जेष्ठ ९, २०७८

संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् ।

मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ । यसैबीच, उनलाई निःसर्त रिहाइ गर्न नेविसंघले माग गरेको छ । अनलाइन खबरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*