हेटौंडा अस्पताललाई एक सय थान अक्सिजन सिलिण्डर सहयोग
अष्ट्रेलियामा बसेका मकवानपुरे युवाले हेटौंडा लडि जेसिज मार्फत हेटौंडा अस्पताललाई एक सय वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।
अष्ट्रेलियामा काम गर्दै आएका मकवानपुरे युवाहरुले कोरोना संक्रमित बिरामीलाई उपचारमा सहज होस भन्ने उदेश्यले अक्सिजन सहयोग गरेका हुन् । अष्ट्रेलियामा रहेका मकवानपुरे युवा बिसम गौतम, बिरोध थिङ लगाएतकाले सहयोग गरेको रकमबाट अस्पतालमा अक्सिजन उपलब्ध गराइएको हो ।
हेटौंडा लेडि जेसिज र संबिधान सभा सदस्य अनन्त पौडेलले हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा हेटौंडा लेडि जेसिजका अध्यक्ष प्रतिमा श्रेष्ठ, कार्यक्रम संयोजक मेनुका श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।