मकवानपुरमा कोरोना संक्रमणबाट २४ घण्टामा थप ४ पुरुष र १ महिलाको मृत्यु

छहारी संवाददाता
जेष्ठ ८, २०७८

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृतयु भएको छ । हेटौंडा अस्पतालमा उपचारको क्रममा ४ पुरुष संक्रमित र १ महिला संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले जानकारी दिाुभयो ।

मृत्यु हुनेहरुमा हेटौंडा ४ बस्ने ५८ बर्षका पुरुष, बकैया गाउँपालिका वडा नम्वर ११ का ८५ बर्षका पुरुष, मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने ६२ बर्षका पुरुष, बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २२ बस्ने ४८ बर्षका पुरुष रहेका छन् । त्यस्तै हेटौंडा ११ की ६० बर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण शनिवार बिहान मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो ।

अस्पतालमा अहिले पनि हाइफ्लो अक्सीजन दिएर उपचार गरिरहेका धेरै जना बिरामी रहेको अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले बताउनुभएको छ । अस्पतालमा कोरोनाका बिरामी उपचारका अन्तिम अवस्थामा आउने, फोक्सोको धेरै भाग बिग्रीसकेपछी आउने भएकाले पनि केहिलाई बचाउन सम्भव नभएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*