देशमा विकसीत पछिल्लो रानितीक घटनाक्रमको विषयमा दलहरु आन्तरीक छलफलमा जुटे

छहारी संवाददाता
जेष्ठ ८, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि राजनीतिक दलहरु औपचारिक र अनौपचारिक छलफलमा जुटेका छन् ।

राष्ट्रपतिले गएराति संसद भंग गरी यहि कार्तिक २६ र मंसिर ३ गते मध्यमवधि निर्वाचन गर्ने घोषणा गरेपछि त्यसबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाउनुभएको छ ।

यस्तै नेकपा माओवादी केन्द्र पनि बिहानैदेखि आन्तरिक छलफलमा जुटेको छ भने जनता समाजवादी पार्टीका नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । जसपाले आज बिहान ११ बजेका लागि कार्यकारिणी बैठक डाकेको र बैठकले थप निर्णय गर्ने नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । जसपामा अध्यक्ष महन्थ ठाकुर समूह तटस्थ बस्दा वैकल्पिक सरकार बनाउन विपक्षी गठबन्धनलाई समस्या भएको थियो ।

यस्तै नेकपा एमालेले पनि औपचारिक र अनौपचारिक छलफल सुरु गरेको छ । आज बेलुकासम्म अब कसरी अघि बढ्ने भन्नेबारे केही निर्णय आउने एमालेले जनाएको छ । एमालेको खनाल नेपाल समूहले पनि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बिहान ११ बजे बैठक बोलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*