मकवानपुरमा शुक्रबार १३८ कोरोना संक्रमित थपिए
मकवानपुरमा शुक्रबार १३८ कोरोना संक्रमित थपिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौंलागाईले जानकारी दिनुभएको छ ।
२३३ जनाको स्वाव परिक्षण गर्दा १३८ जनामा संक्रमण पुष्टि भएको चौंैलागाईले बताउनुभयो । आज थपिएका संक्रमितमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका ९३ जना रहेको चौंलागाईले बताउनुभयो । ती मध्ये हेटौडा ५ का मात्रै १७ जना छन् ।
त्यस्तै थाहा नगरपािलकाका १३ जना, मकवानपुरगढीका ४ जना, मनहरीका ५ जना, भीमफेदीका ५ जना, र जिल्ला बाहिरको ५ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो । यस्तै ठेगाना नखुलेका १३ जना संक्रमित रहेका छन् ।