हेटौंडा अस्पताललाई अक्सीजन सहित स्वास्थ्य सामग्री सहयोग आउने क्रम जारी

छहारी संवाददाता
जेष्ठ ७, २०७८

मकवानपुरका विभिन्न संघसंस्थाले हेटौंडा अस्पताललाई भरीएका अक्सीजन सिलिण्डर सहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

नेपाका एमाले निकटको युवा संघ नेपाल मकवानपुर र अनेरास्ववियुले जिल्ला युवा समिति मकवानपुरको समन्वयमा ५० थान अक्सीजनका सिलिण्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ । संविधान सभाका सदस्य अनन्त पौडेल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगाएतकाले अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नु भएको हो ।

यसैगरी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो वार्षिक उत्सवका अवसरमा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बोर्डले २७ थान पीपीइ सेट, ५० लिटर सेनिटाइजर, २ हजार थान माक्स हस्तान्तरण गरेको हो । खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्ट र सदस्य कृष्ण कटुवालले अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसार्यलाई सामग्री हस्तान्त्रण गर्नुभयो ।

यसैगरी नेपाल तरुणदल हेटौंडा उपमहानगरपालिका कार्यसमितिले विभिन्न सामग्री आजै हस्तान्तरण गरेको छ । तरुणदल नगर समितिका अध्यक्ष सुनिल गिरीले अस्पताल विकास समितिका अध्यक्ष प्रसाईलाई एक हजार थान माक्स, एक सय वटा आधा केजीका ग्लुकोज, २८ क्रेट अण्डा, ४ कार्टुन जुस हस्तान्तरण गर्नुभयो ।

सबैको समग्री बुझीसकेपछी अध्यक्ष प्रसाईले सबैको सहयोगबाटनै महामारीमा कोरोना संक्रमित बिरामीको लागि काम गर्न सकिएको बताउनुभयो । आगामी दिनहरुमा पनि सहयोगिहातहरुको सदैव खाँचो रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*