मकवानपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

छहारी संवाददाता
जेष्ठ ७, २०७८

मकवानपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा अस्पतालमा उपचारको क्रममा गएराती र आज बिहान गरी ३ जना संक्रमितको मृत्यु भएको हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ का ७४ बर्षीय एक पुरुष, हेटौडा उपमहानगरपालिका वडा नम्बर–११ का ६० बर्षीय एक पुरुष तथा रौतहट चन्द्रपुर–१ का ४६ बर्षीय एक पुरुष रहेका छन् ।

तीनै जना ५ र ६ गते हेटौंडा अस्पतालमा उपचारका लागि आएका थिए । उनीहरुमा बैशाख २६ गते कोरोना पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*