नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दै

छहारी संवाददाता
जेष्ठ ७, २०७८

नेपाली कांग्रेस पदाधिकारीको आकस्मिक बैठक आज बस्दैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अलोकतान्त्रिक ढङ्गले नयाँ सरकार गठनका लागि २१ घण्टाको समय दिएको भन्दै नेपाली कांग्रेसले हिजो नै विरोध जनाइसकेको छ ।

बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विषय  र नयाँ सरकारको सम्भावनाका विषयमा छलफल हुनेछ । बैठकमा पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका पदाधिकारी र प्रभावशाली नेताहरू सहभागी हुनेछन् ।
उज्यालो अनलाइनबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*