बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डा देवकोटा विजयी

छहारी संवाददाता
जेष्ठ ६, २०७८

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डाक्टर खिमलाल देवकोटा विजयी हुनु भएको छ ।

हेटौंडामा बिहिबार सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटाले नेकपा एमाले नेता रामबहादुर थापा बादललाई १ हजार ७४ मतले पछि पार्नु भएको हो । देवकोटाले ५०८८ मतभार प्राप्त गर्नु भएको छ यद्यपी निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ ।

देवकोटाले प्रदेश सभा सदस्यतर्फ ५८ मत पाउनु भएको छ । जसको मतभार २७८४ हुन्छ भने स्थानीय तह तर्फ देवकोटाले २३३ मध्ये १२८ मत पाउनुभयो । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

राष्ट्रियसभा सदस्यका अर्का प्रत्यासी बादलले ४०१४ मत प्राप्त गर्नु भयो भने नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गर्नु भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा १०५ प्रदेश सदस्य र २३२ प्रमुख र उप प्रमुख गरी ३३७ जनाले मतदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*