बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा ३३७ जनाले गरे मतदान

छहारी संवाददाता
जेष्ठ ६, २०७८

बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान सकिएको छ ।

हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा तोकिएको दिउँसो ३ बजेसम्मको समयमा ९६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान ९ बजेदेखि सुरू भएको मतदानमा १०५ प्रदेश सदस्य र २३२ प्रमुख र उप प्रमुख गरी ३३७ जनाले मतदान गरेको अधिकृत श्रेष्ठले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलले दल परिवर्तन गरेपछि रिक्त पदमा थापा आफैं, स्वतन्त्र उम्मेदवार डा खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दिनु भएको हो । साँझ ६ बजेसम्म मतगणना सम्पन्न गरिसक्ने निर्वाचन आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*