हेटौंडामा कोरोना संक्रमणबाट एक सुत्केरीको मृत्यु

छहारी संवाददाता
जेष्ठ ५, २०७८

हेटौंडामा कोरोना संक्रमणबाट एक सुत्केरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी ३ की ३० वर्षीया महिला रहेकी छन् । उनलाई सोमबार एन्टीजेनबाट कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको भीमफेदीका स्वास्थ्य संयोजक राम नाम थिङ्गले जानकारी दिएको खबरब्रेकले लेखेको छ । संयोजक थिङ्गले भनेः मृतक महिला १९ दिनकी सुत्केरी थिईन् ।

चितवनमा उनको डेलभरी भएको थियो र उनलाई अस्ति स्वास्थ्यमा समस्या आएपछि एन्टीजेन परीक्षण गरिएको थियो । परीक्षणमा रिपोर्ट पोजेटिभ आए संगै गाउँपालिकाको आइसोलेसनमा राख्यौ ।

आइसोलेसनमा राखेकै रातमा स्वास्थ्य अवस्था गम्भिर भएसंगै हेटौंडा अस्पताल रिफर गर्यौ तर आज दिउँसो उहाँको दुःखद निधन भयो । यो संगै भीमफेदीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*