सामुदायिक कोभिड रेस्पोन्स टिमलाई भाईरल ग्रुपद्धारा ५१ हजार सहयोग
हेटौंडा-६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोला भाइरल गुप्रले नगद सहयोग गरेको छ ।
गुप्रका सदस्यहरुबाट संकलित ५१ हजार रूपैयाँ सामुदायिक रेस्पोन्स टिमलाई सहयोग गरेको हो । गुप्रका सदस्य गौरव पराजुली, भीमसेन पौडेल र सुनिल शिवाकोटीले सहयोग रकम रेस्पोन्स टिमका आर्थिक तथा राहत उपसमितिका सदस्य उदय विडारीलाई हस्तान्तरण गर्नु भएको हो ।
कोरोना महामारीबाट प्रभावितको सहयोगका लागि समुदायस्तरमा भईरहेको कामलाई रकम उपलब्ध गराउन पाउँदा सन्तुष्टि मिलेको गुप्रका सदस्य भीमसेन पौडेलले बताउनुभयो । उक्त रकम भाइरल गुप्रका सदस्य समेत रहेका उदय विडारीको नेतृत्वमा संकलन गरिएको थियो।
यसअघि रेस्पोन्स टिमलाई श्रीकृष्ण इन्जिनेरिङ एण्ड कन्स्ट्रक्सनका संचालक घनश्याम दाहाल र कृष्ण न्यौपानेले ३० हजार नगद तथा १० थान अक्सिजन सिलिन्डर भर्नका लागि आर्थिक सहयोग गर्नु भएको थियो।