निजी क्षेत्रले कोरोना संक्रमितको लागि आईसोलेसन सञ्चालन गर्ने
मकवानपुरको निजी क्षेत्र र सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा कोरोना संक्रमितको लागि आईसोलेसन सञ्चालन गर्ने भएका छन् । मकवानपुर उद्योग वाणीज्य संघको नेतृत्वमा निजी क्षेत्र र सामाजिक संघसस्ंथाहरुले संयुक्त रुपमा बिहीबारदेखि आईसोलेसन सञ्चालन गर्ने भएको हो ।
उद्योग वाणिज्य संघमा बुधबार बसेको बैठकले आईसोलेसन सञ्चालन गर्न समिति गठन गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले बताए । समितिको सदस्यमा निर्माण व्यवसायी संघ , उपभोक्ता हित संरक्षण मञ्च, पुरानो नारायणी संघ, नारायणी यातायात कम्पनी प्रा।लि, नेपाल पत्रकार महासंघ मकवानपुर, लायन्स क्लब, होटल एशोसियसन र औषधी व्यवसायी संघ रहेको सुमार्गीले बताए ।
आईसोलेसनमा रहने कोरोना संक्रमितको लागि आवश्यक अक्सिजनको लागि साहारा ग्यासले समन्वय गर्ने भएको छ । जस अनुसार आजै साहारा ग्यासका अध्यक्ष शिव घिमिरेले संघलाई २५ सिलिण्डर अक्सिजन उपलब्ध गराएको मउवा संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।