हेटौंडामा शुक्रबारदेखि पूर्ण निषेधाज्ञाः जिल्ला प्रशासन कार्यालय मकवानपुर

खाद्यान्न तथा तरकारी, स्वास्थ्य सुरक्षा अपनाएर टोल टोलमा पुर्याइने
छहारी संवाददाता
जेष्ठ ५, २०७८

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा औषधि पसल र अक्सिजनको सवारीबाहेक कुनैपनि व्यवसाय संचालन गर्न नपाउने निर्णय गरेको छ ।

यसअघि प्रशासनले मंगलबार र शुक्रबार बिहान ३ घण्टा खाद्यान्न र तरकारी पसल खोल्न पाईने निर्णय गरेको थियो । यद्यपी हप्ताको दुई दिन पसल व्यवसाय संचालन गर्दा झनै भिडभाड बढेकोले कोरोनाको जोखिम उच्च हुने देखिएपछि यस्तो निर्णय गरेको प्रशासनले जानाएको छ ।

प्रशासनले खाद्यान्न तथा फलफुल, तरकारी बजारमा अत्याधिक भिडभाड बढेको भन्दै शुक्रबारदेखि पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बुधबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठकले जेठ १३ गतेसम्म हटौंडा मुख्य बजार क्षेत्र, उत्तरमा चौकीटोल, दक्षिणमा कर्राखोला, पूर्वमा क्याम्पा डाँडा पश्चिममा थानाभर्याङ भित्रमा निषेधाज्ञा लगाउने भएको हो ।

निषेधाज्ञा भर खाद्यान्न तथा तरकारी पसल पूर्ण रुपमा बन्द भएपनि सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल टोलमा पुर्याउने व्यवस्था मिलाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*