मकवानपुरमा बुधबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु
मकवानपुरमा कोरोना संक्रमणबाट बुधबार थप एक संक्रमित पुरुषको मृत्यु भएको छ ।
हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचाररत हेटौंडा ५ का ६२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यलय मकावनपुरले जानकारी दिएको छ । ती पुरुषमा बैशाख २७ गते कोरोना पुष्टि भएको थियो ।
योसंगै हेटौंडा ५ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण ६६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । ती मध्ये हेटौंडा उपमहानगरपालिका भित्र संक्रमणका कारण ५५ जनाको मृत्यु भइसकेको छ ।