संचारकर्मी राजेश गरिबको पहलमा २१ घरपरिवारका लागि खाद्यन्न सहयोग

छहारी संवाददाता
जेष्ठ ४, २०७८

विश्वभरि फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल पनि परेको छ ।

देशका अन्य जिल्लाहरुमा जस्तै मकवानपुरमा पनि कोरोनाको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा लागू गरेको छ । प्रशासनले कोरोनाको संकट कम गर्न पटक पटक थप गरेको निषेधाज्ञाले दैनिक ज्यालादारी गर्हर्नेहरुमा भने अर्को संकट थपिएको छ ।

त्यहि संकटमा परेका परिवार जो हेटौंडा उप–महानगरपालिका वडा नम्बर ११ राप्तिपुलपारी त्रिपालको छानो बनाएर बसोबास गर्दै आएका छन्, उनिहरुलाई संचारकर्मीले केही खाद्यन्न सामग्री सहयोग गर्नु भएको छ । संचारकर्मी राजेश गरिबले त्यहाँका २१ घरपरिवारका लागि खाद्यान्न सामग्री दाल, चामल र तेल सहयोग गर्नु भएको हो ।

ति परिवारले बिहान बेलुकाको खानाको जोहो गर्नै नसक्ने अवस्थामा आएको बताएपछि संचारकर्मी गरिबले खाद्यन्न जुटाएर सहयोग गर्नु भएको हो । सो स्थानका लागि हेटौंडा कान्तिराजपथमा रहेको खतिवडा किराना स्टोर्स– खतिवडा स्पाइसेस प्रोडक्सका विष्णु प्रसाद खतिवडाले आधा लिटरको १९ पाकेट तेल, १९ किलोग्राम दाल सहयोग गर्नु भएको छ ।

यस्तै हेटौंडा २ प्रभाकर पथमा रहेको श्री बाबा बैद्यनाथ खाद्यन्न भण्डारका प्रोपाइटर सुर्दशन खरेरले २ बोरा चामल र सहयोगी मन नेपाल, मकवानपुरका अध्यक्ष केदार प्रसाद चौलागाई र संस्थापक ज्ञानदास खतिवडाले २ बोरा चामल सहयोग गर्नु भएको हो । खाद्यन्न सहयोगका लागि आफु माध्यम मात्र बनेको भन्दै उहाँले भोकाएकाहरुको भोक मेट्न सहयोग गर्ने सहयोगाी भावानाका विष्णु प्रसाद खतिवडा, सुर्दशन खरेल, केदार प्रसाद चौँलागाई र संस्थापक ज्ञानदास खतिवडालाई धन्यवाद दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*