सामुदायिक कोभिड रेस्पोन्स टिम हेटौंडा ६ का संक्रमितको घरघरमा

छहारी संवाददाता
जेष्ठ ४, २०७८

हेटौंडा ६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिम संक्रमितको घरघरमै पुगेको छ ।

कोरोना संक्रमितको स्वास्थ अनुगमन, परामर्श, स्वास्थ्य एवं पोषण सामग्री उपलब्ध गराउन टोली संक्रमितको घरघरमै पुगेको हो । टोलीले सोमबार चुच्चेखोला, शान्तिटोल, चौघडा र कालीपोखरी र मंगलबार पुतलीबजार, भुलभुले, हात्तिलेट, रामनगर, गौरीटार, रंगशाला क्षेत्रका संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिई आवश्यकताका आधारमा सामग्री सहयोग गरेको छ ।

टोलीमा सामुदायिक कोभिड रेस्पोन्स टिमका संयोजक हेटौंडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सहसंयोजक भरत सापकोटा, उपसमिति प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अनुगमनका क्रममा सबै संक्रमितको स्वास्थ अवस्था सामान्य रहेको पाइएको छ ।

टोलीले बाँकी क्षेत्रका संक्रमितको घरमै पुगेर अनुगमन गर्ने जनाएको छ । सामुदायिक कोभिड रेस्पोन्स टिमले हेटौंडा(६ र आसपासको क्षेत्रमा कोरोनाविरूद्धको अभियान अन्तरगत नियन्त्रण, परामर्श, उपचार, राहत तथा उद्धारको काम गर्ने सहसंयोजक सापकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*