मकवानपुरमा २०५ जना कोरोना संक्रमित थपिए
मकवानपुरमा २०५ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३७४ जनाको स्वाव परीक्षण गर्दा २०५ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
संक्रमित मध्ये १२४ जना पुरुष र ८१ जना महिला रहेका छन् । संक्रमित मभ्ये सबैभन्दा धेरै हेटौडा उपमहानगरपालिकाका १५० जना संक्रमित थपिए र ति मध्ये पनि हेटौंडा ४ का मात्रै ३२ संक्रमित रहेको चौलागाईले बताउनुभयो ।
यस्तै थाहानगरकामा २१ जना, मकवानपुरगढी गाउँपालिकामा १० जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा १ जना र जिल्ला बाहिरका ८ जना तथा ठेगाना नखुलेको ११ जना संक्रमित थपिएको चौलागाईले बताउनुभयो ।