तरुण दल मकवानपुर कोरोना संक्रमितको उपचारमा सहयोगका लागि सक्रिए
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरले कोरोना संक्रमितको उपचारमा सहयोगका लागि सक्रिएता देखाएको छ ।
कोरोना संक्रमितलाई एम्बुलेन्सदेखि अक्सिजनसम्मको सहयोगको लागि भन्दै ‘तरुण हेल्पलाइन’ स्थापना गरेको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले जानकारी दिनुभयो । केहिसमयअघि बसेको कार्यसमितिको बैठकले कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग गर्न विभिन्न चार वटा समिति गठन गरेको र समितिले जिम्मेवारीअनुसार काम थालेको पाठकले बताउनुभयो ।
रोज थापामगर, नितेश लामा र राजु विष्टलाई अक्सिजन व्यवस्थापन समितिमा राखी परिचालन गरिएको छ भने । अन्जना उपाध्याय, सचित थापा र गोपी खड्का सदस्य रहेको रगत व्यवस्थापन समिति परिचालित छ । निराजन वर्तौला, आशिष थापा र रुपकराज दाहाल सदस्य रहेको एम्बुलेन्स व्यवस्थापन समितिले पनि आवश्यकताअनुसार आफ्नो जिम्मेवारी पूरा गर्ने अध्यक्ष पाठकले जानकारी दिनुभयो । अस्पताल तथा आइसोलेसन व्यवस्थापन समितिमा राजकुमार बास्तोला, रुपेश केसी र सन्तोष सापकोटालाई खटाइएको छ ।
चार वटै समितिहरुले विषयगत कामहरुमा सरकारी तथा निजी क्षेत्रसंग समन्वय गरी संक्रमितलाई अक्सिजनको व्यवस्थापन, रगत चाहिएमा सोको व्यवस्थापन, आइसोलेसन तथा अस्पतालको व्यवस्थापन र अस्पतालसम्म पुग्न बिरामीलाई एम्बुलेन्स सेवाको लागि समन्वय गर्ने नेपाल तरुण दल मकवानपुरका अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
सबै समितिका सदस्यहरुको नाम र सम्पर्क नम्बरसहित सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट आम सर्वसाधारणमा जानकारी गराइएको छ । उपलब्ध नाम र नम्बरमा आवश्यक पर्नेले जुनसुकै बेला पनि सम्पर्क गरी सहयोग मागे सहयोगको लागि खटिने तरुण दल मकवानपुरले जनाएको छ । चारवटै समितिलाई परिचालनको लागि अध्यक्ष ईश्वर पाठक स्वयं संयोजकको भूमिका निर्वाह गररहनु भएको छ ।