हेटौंडा ६ को सामुदायिक कोभिड रेस्पोन्स टिमलाई २० हजार सहयोग

छहारी संवाददाता
जेष्ठ ४, २०७८

हेटौंडा ६ चुच्चेखोलाका व्यवसायी एवं समाजसेवी उत्तम श्रेष्ठले सामुदायिक कोभिड रेस्पोन्स टिमलाई २० हजार नगद सहयोग गर्नु भएको छ ।

श्रेष्ठले सहयोग रकम आर्थिक तथा राहत उपसमितिका सदस्य देवराज गौतमलाई हस्तान्तरण गर्नु भएको हो । कोरोनाबाट प्रभावितको सहयोगका लागि समुदायस्तरमा भईरहेको कामलाई रकम उपलब्ध गराउन पाउँदा सन्तुष्टि मिलेको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सामुदायिक कोभिड रेस्पोन्स टिमका सहसंयोजक भरत सापकोटा, उपसमिति सदस्य पवन दुलाल लगायतको सहभागिता रहेको थियोे । यसअघि पुतलीबजारका शिव दुलाल र सुशान्त दुलालले १० हजार रूपैयाँ सहयोग गर्नु भएको छ ।

उपसमितिले ३९ हजार रूपैयाँ संकलन गरेको र १ लाख ७३ हजार रूपैयाँको प्रतिवद्धता प्राप्त भएको उपसमिति सदस्य गौतमले जानकारी दिनुभयो । सामुदायिक कोभिड रेस्पोन्स टिमले हेटौंडा ६ र आसपासको क्षेत्रमा कोरोनाविरूद्धको अभियान अन्तरगत नियन्त्रण, परामर्श, उपचार, राहत तथा उद्धारको काम गर्ने सहसंयोजक सापकोटाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*