बागमती प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा बादललाई मतदान गर्न ह्वीप जारी

छहारी संवाददाता
जेष्ठ ४, २०७८

बागमती प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा एमालेका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई मतदान गर्न ह्वीप जारी भएको छ ।

एमाले महासचिव तथा उपप्रधानमन्त्री इश्वर पोख्रेलले राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेद्वार बादललाई मतदान गर्न ह्वीप जारी गर्नु भएको हो ।

पोख्रेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार बादल भन्दै उहाँलाई नै मतदान गर्न प्रदेश सभाका सदस्य तथा स्थानीय तहमा निर्वाचित एमालेका जनप्रतिनिधिलाई ह्वीप जारी गर्नु भएको हो ।

यहि जेष्ठ ६ गते बिहान ९ बजे देखि दिउँसो ३ बजेसम्म हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयमा निर्वाचन हुनेछ । यस्तै २७ गते लुम्बिनी प्रदेशमा पनि राष्ट्रियसभा निर्वाचन हुँदैछ । यसैबीच राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने मतदाताले ७२ घण्टाभित्रको कोरोनाको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*