मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुग्योः स्वास्थ्य कार्यालय

छहारी संवाददाता
जेष्ठ ३, २०७८

कोरोना संक्रमणबाट सोमबार मकवानपुरमा थप २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय मकपवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा हेटौंडा ५ का ६५ वर्षीय पुरुष र हेटौंडा ४ का ५५ वर्षीय पुरुष रहेका छन् । योसंगै मकवानपुरमा कोरोना संक्रमणका कारण ६३ जनाको मृत्यु भइसकेको कार्यालयले जनाएको छ ।

मृतक मध्ये ५३ जना हेटौंडा उपमहानगरपािकाका मात्रै छन् भने थाहा नगरपालिका र मनहरी गाउँपालिकाका ३ जनाको मृत्यु भएको स्वास्थ्य कायाइलयले जानकारी दिएको छ ।

यस्तै मकवानपुरगढी गाउँपालिकाका १, बागमती गाउँपालिकाका १, भिमफेदी गाउँपालिकाका १ र बकैया गाउँपालिकाको १ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यस्तै १७२ जना नयाँ संक्रमित थपिएका छन् भने ९६ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यलय मकपवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*