बागमती प्रदेशमा निर्माण भएका ११ वटा पुलको एक साथ उद्घाटन
बागमती प्रदेशका बिभीन्न जिल्लामा निर्माण भएका ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको आज भर्जुअल माध्यमबाट एकै साथ उद्घाटन् गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मनत्रालयको आयोजनामा १० वटा पक्की पुल र एक वटा झोलुङ्गे पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट आज हेटौंडामा एक साथ उद्घाटन गर्नु भएको हो ।
प्रदेशको मेलम्ची चोक्यु पुल, भक्तपुरको महादेब खोला पुल, सिन्धुपाल्चोकको याम्वालिंग झोलुङ्गे पुल, भक्तपुरको मजुवा खोला पुल, काठमाण्डौंको बिष्णुमति खोला पुल, काठमाण्डौकै धोबी खोला पुल, चितवनको भवानीपुर उत्तराखण्ड भण्डार सडक पुल, चितवनको चानौनी अमृतनगर दाद्रेनी पुल, नुवाकोटको ढुंगे खहरे कल्भर्ट लिखुखोला पुल, धादिङको डुडुरे खोला पुल र धादिङकै पलाखु खोला पुल निर्माण सकिएपछी आज एकै साथ उद्घाटन् गरिएको हो ।
३ सय ९७ मिटर लम्बाइको एक दर्जन पुल निर्माण गर्नका लागि प्रदेश सरकारको २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।
पुल उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको तीन वर्षको अवधिमा ४४ वटा पुल निर्माण गरिसकेको बताउनुभयो । प्रदेश सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम गरेको बताउनुभयो । प्रदेशका दुर्गम क्षेत्रमा समेत धेरै काम भएको उहाँले बताउनुभयो । प्रदेश सरकार कोरोना नियन्त्रमा लागिपरेको बताउनुभयो । कोरोना महामारी नियन्त्रण संगै प्रदेश सरकारले विकासको काम पनि निरन्तर भैरहेको बताउनुभयो ।
बागमती प्रदेशका अस्पतालमा अक्सिजनको ब्यवस्थापन, एच।डि।यु र आइसियुको ब्यबस्थापनमा प्रदेश सरकार २४ घण्टानै लागिपरेको भन्दै उनले प्रदेश सरकार जनस्वास्थ्यप्रती अत्यन्तै गम्भिर रहेको बताउनुभयो । उहाँले प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको स्तोरन्नती गरेकै कारण हाल दैनिक सयौ विरामिले उपचार सेवा पाएको बताउनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले कोरोनाको महामारीको समयमा समेत बिकास निर्माणका कामहरु भइरहेको वताउनुभयो । पाँच वर्ष भित्रमा एक सय वटा पुल पुल र एक सय वटा ठुला महत्वका सडक निर्माण गरिएको बताउनुभयो ।