हेटौंडा अस्पताललाई ४० थान सिलिन्डर हस्तान्तरण
नेपाली कांग्रेस कोभिड -१९ अनुगमन समिति मकवानपुरले ४० थान अक्सिजन भरिएका सिलिण्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ ।
समितिले आइतबार पूर्वी नवलपरासीबाट ल्याएको सिलिन्डर हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको हो । समितिका संयोजक उत्सव इटेनीले सिलिन्डर मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा हेटौंडा अस्पताल संचालक समिति सदस्य उत्सव चौलागाईं, नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, हेटौंडा(५ का वडा अध्यक्ष राजेश बानियाँ, तरूण नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिति रहेको थियो ।