मनहरी गाउँपालिकामा चार बेडको एचडीयु कक्ष सञ्चालनको तयारी

छहारी संवाददाता
जेष्ठ ३, २०७८

मकवानपुरको मनहरी गाउँपालिकाले चार बेडको एचडीयु कक्ष सञ्चालनको तयारी गरेको छ । एचडीयु कक्ष सञ्चालनका लागि बेढ तयार रहेको र यसको काम सुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

कोरोना संक्रमितको उपचार गर्नका लागि गाउँपालिकाले वडा कार्यालयलाई अन्यत्रै सारेर कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ । एचडीयु कक्ष सञ्चालन गर्नका लागि सामान खरिद प्रक्रिया समेत सुरु गरिएको अध्यक्ष उप्रतीले बताउनुभयो । कोरोना संक्रमित बिरामीका लागि २४ बेढको अस्पताल सुरु गरेको छ ।

हालसम्ममा कोरोना अस्पतालबाट २२ जनाले सेवा लिएको उहाँले बताउनुभयो । मकवानपुरका दश वटा स्थानीय तह मध्यमा मनहरी गाउँपालिकाले तत्काल आफ्नो श्रोत र साधनको प्रयोग गर्दै अस्पताल सुरु गरेको थियो । अटोमेटिक उठाउन र ढलाउन मिल्ने डिलक्स बेडको जडानसँगै अब मनहरी अस्पतालमा २५ बेड तयारी छन् ।

मनहरी गाउँपालिकाले अन्य स्थानीय तहको तुलनामा कोभिड अस्पताल सञ्चालन गरी नमूना काम गरिरहेको छ । चिकित्सक र सफाई कर्मचारीसहित अस्पतालमा १० जना स्वास्थ्यकर्मी परिचालित छन् । अस्पतालमा भर्ना हुने कोभिडका बिरामीहरुलाई दैनिक ४ पटक खाजा र खानाको ब्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*