हेटौंडामा अक्सिजनको अभाव देखिएपछि उपमहानगरपालिका व्यवस्थापनमा जुट्यो
हेटौंडामा कोरोना संक्रमित बिरामीको उपचारमा अक्सिजनको अभाव देखिएपछि उपमहानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ । अ
क्सिजन अभाव अन्त्य गर्न दैनिक एक सय सिलिण्डर अक्सिजन ल्याउने अभियान अनुसार नुवाकोट र इटहरीमा टोली खटाइएको मेयर हरि बहादुर महतले जानकारी दिनुभयो । भोलीसम्ममा १ सय सिलिण्डर अक्सिजन ल्याउन उपमहानगरपालिकाले आफ्नो दुईवटा टिफर नुवाकोट र इटहरी पठाएको छ ।
अक्सिजनकै अभावमा विरामिहरुले ज्यान गुमाउनु पर्ने अवस्था आएपछि उपमहानगरपालिका सक्रिएता बढाएको हो । पछिल्लो समय हेटौँडा उपमहानगरपालिकामा संक्रमितहरुको संख्या बढदै गएको र अक्सिजन चाहिने संक्रमितहरु पनि बढेको कारण स्थानीय सरकारले पहलकदमी बढाएको हो ।